ताजा समाचार

सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्य आइतबार तोलामा २७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ पुगेको हो।

यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार बढिरहेको सुनको भाउ जेठ २५ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ। शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org