ताजा समाचार

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बहालवाला मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको औल्याउदै मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई अख्तियारले प्रतिवादी बनाएको छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ ।

मुख्यसचिव अर्याल टेरामक्स प्रकरणमा पनि मुछिएका छन् । यो प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्रीत्रय मोहन बस्नेत, गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्की तथा सचिवहरु महेन्द्रमान गुरुङ र विनोदप्रकाश सिंह पनि मुछिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org