ताजा समाचार

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका२ समईगढका स्थानीय ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार मङ्गलवार बिहान ७ बजेतिर खेतमा ट्याक्टरले जोत्ने क्रममा चट्याङ लागेर घाइते भए।

उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याउँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org