ताजा समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। त्यस्तै प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबाहदुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org