ताजा समाचार

विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट किन लिए सन्यास ?

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् ।

खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो।’

फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा कोहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org