एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ ।महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम रहेको ।
महाधिवेशन सुरु हुनुअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली निस्कने पार्टीले जनाएको छ । असार २० गतेसम्म चल्ने अधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि सहभागी हुँदैछन् । ती प्रतिनिधिले २९९ सदस्यीय केन्द्रीय समिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।
महाधिवेशनस्थल आसपासमा महाधिवेशन प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाइएको जनाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रूपमा दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ ।
एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ । एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै
काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । अध्यक्ष...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
आजको राशिफलः २०८१ असार १८ गते मंगलवार
मेष: नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। तर दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। केही अवसर प्राप्त...
-
काङ्ग्रेस र एमाले अब नयाँ सत्ता साझेदार, प्रदेशको नेतृत्वबारे समेत सहमति
काठमाडौं । नेपाली काङ्ग्रेस र नेकपा एमाले नयाँ सत्ता साझेदार बन्ने भएका छन्। काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा...
-
विद्युतीय सामग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्करी...
-
पेरिसमा निजी जेट दुर्घटना हुदाँ तीन जनाको मृत्यु
काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको...
-
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको...
-
काठमाडौं महानगरपालिकाद्वारा ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ्’ सम्भाव्यता अध्ययन शुरु
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले 'स्थानीय पेय पदार्थको ब्राण्डिङ्' सम्भाव्यता अध्ययन शुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका...