ताजा समाचार

प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको स्रोतले बतायो ।

उनीहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल पनि भएको स्रोतले बतायो । एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org