ताजा समाचार

एमाले बैठकमा आज विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई औपचारिक रुपमा जानकारी गराइने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org