ताजा समाचार

प्रधानमन्त्रीले राजीनामा नदिनु संविधान विपरीत, तत्काल नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पदबाट राजीनामा गर्न माग गरेको छ । आइतबार संघीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सरकार स्पष्ट रुपमा अल्पमतमा परेकाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।

प्रधानमन्त्री दाहालले आगामी असार २८ गते संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो ।

‘कांग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । यस महत्त्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली कांग्रेसले जुन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । यसप्रति एमालेको यस संसदीय दलको बैठकले कांग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं ।

त्यसैगरी यो सरकारलाई दिएको समर्थन एमालेलगायतका विभिन्न राजनीतिक दलहरूले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्ममतमा परेको छ, एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने,यस्तो अवस्थामा सरकारले अझै पनि राजीनामा दिएको अवस्था रहेन । त्यसकारण आजको एमालेको संसदीय दलको बैठकबाट अझै पनि राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो । त्यसकारण अबिलम्ब नेपाल सरकारका प्रधानमन्त्रीलाई, काम चलाउ प्रधानमन्त्रीको रुपमा रहेको प्रधानमन्त्रीलाई अबिलम्ब राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रसस्त गर्नका लागि हाम्रो बैठकले त्यो अनुरोध गरेको छ । त्यो माग गरेको छ ।

प्रमुख सचेतक बर्तौलाले अल्पमतमा रहेको सरकारले दूरगामी प्रभाव पर्ने निर्णय गरेकोप्रति पनि आपत्ति जनाएको जानकारी दिए । वर्तमान सरकारले कुनै पनि निर्णय गर्ने हैसियत नराख्ने उनको भनाइ थियो । मत गुमाएको सरकारले अहिले पनि विभिन्न निर्णयहरू गर्नु त्यो राष्ट्रिय हित विपरीत हुन्छ ।संविधान विपरीत हुन्छ । त्यसकारण कुनै पनि निर्णय नगर्नका लागि सरकारलाई हाम्रो बैठकले सचेत गराएको छ, बर्तौलाले भने, हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्यूलाई आजै अहिले नै, अविलम्ब राजीनामा दिन हामो सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ त्यो, हाम्रो माग हो । विश्वासको मत नलिई तत्काल राजीनामा गर्नुपर्ने एमाले संसदीय दलको बैठकले माग गरेको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org