ताजा समाचार

गाजा सहर खाली गर्न प्यालेस्टिनीहरूलाई इजरायली सेनाको आग्रह

गाजा । इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ। उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो। सेनाले विमानबाट पर्चा खसालेर त्यहाँका स्थानीयलाई सुरक्षित मार्गबाट खतरनाक युद्ध क्षेत्र छोड्न भनेका बीबीसीले जनाएको छ ।

गाजा खाली गर्न पटक–पटक भइरहेको आदेशप्रति संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ। युद्ध शुरु भएपछि गाजा शहरलाई पूर्ण रूपमा खाली गर्न भनिएको यो दोस्रो पटक हो। पछिल्ला दुई हप्तामा इजरायली सेनाले गाजा शहरका धेरै जिल्लाहरूमा पुनः प्रवेश गरेर नियन्त्रणमा लिने प्रयास गरेको छ ।

इजरायलको नयाँ गतिविधिले सम्भावित युद्धविराम र बन्धक रिहाइ सम्झौतामा हिजो कतारमा पुनः शुरु भएको वार्तालाई प्रभावित पार्नसक्ने विद्रोही समूह हमासको प्रतिक्रिया छ। गाजामा अझै २ लाख ५० हजारभन्दा धेरै मानिस बसोबास गरिरहेका अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org