अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु
काठमाडौं । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।
स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताए । दुर्घटनामा हताहतिको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुर्याएको छ ।
त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।
भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ भने हजारौँलाई घरबार विहीन बनाएको छ ।
Comments
अरु समाचार
-
मुख्यमन्त्री केजरिवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा...
-
चीनको मन्दीको कारण विश्वव्यापी इन्धनको माग न्युन
बेइजिंग । सन् २०२३ को पहिलो छ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेकोमा सन् २०२४ को सोही अवधिमा...
-
भियतनाममा चक्रवात ‘यागी’का कारण १४३ जनाको मृत्यु
काठमाडौं । भियतनाममा चक्रवात ‘यागी’ का कारण १४३ जनाको मृत्यु भएको छ भने ५८ जना अझै बेपत्ता रहेका छन्। अधिकारीहरूले...
-
रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा
बेइजिंग । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा...
-
इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु
काठमाडौं । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको...
-
आँधीका कारण भियतनाममा नौ जनाको मृत्यु
काठमाडौं । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको...
-
गृहमन्त्री लेखक र विश्व बैंकका निर्देशकबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको...
-
सुनिता र बुचलाई लैजाने अन्तरिक्ष यान पृथ्वीमा फर्कियो
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षमा लैजाने बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ। अन्तरिक्ष यात्रा...
-
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
काठमाडौं । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा शुक्रबार राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । केन्या प्रहरीका...