ताजा समाचार

अफगानिस्तानमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३० घाइते

काठमाडौं । अफगानिस्तानको जलालावाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण ३५ जनाको मृत्यु भएको छ । साथै २३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ । विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई उद्धार गरी नङ्गरहार केन्द्रीय तथा प्रान्तीय अस्पतालमा लगिएको छ ।

प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको संकेत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्‍याएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्यांक अझ बढ्न सक्ने बताएको खामा प्रेसले जनाएको छ ।

प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org