ताजा समाचार

महिला एसिया कप टी-२० क्रिकेटः उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दै

काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्दैछन् । नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आज नै यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन् ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।आजदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल यही जुलाई २८ मा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org