एक वर्षमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा दर्शन गरे
फुङ्लिङ। एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०-८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् ।
आवको २०८०-८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार,असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ। बडादसैँपछि चैतेदसैँ ९रामनवमी०का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरामा पूजापाठ गरेको समितिले जनाएको छ । समितिका अनुसार मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५ र माघमा छ हजार चार सय एकजनाले पूजापाठ गरेका छन् ।
त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र चैतमा ५२ हजार चार सय ५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा आठ हजार छ सय २९ र असारमा दुई हजार सात सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।
वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।
Comments
अरु समाचार
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...
-
क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
काठमाडौं । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
एक महिना लामो स्वस्थानी व्रत समापन हुँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक...