बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु, मारिनेको संख्या ३५ पुग्यो
काठमाडौं । आरक्षण विरोधी आन्दोलन भड्किएर हिंसात्मक बनेपछि बंगलादेशमा देशभर कर्फ्यु लगाइएको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थीहरूको आन्दोलनले हिंसात्मक रूप लिएपछि सरकारले राष्ट्रव्यापी कर्फ्यु को घोषणा गरेको हो ।
शुक्रबार नरसिङ्दी कारागार आक्रमणमा सयौँ कैदी बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले कर्फ्यु घोषणा गरेको हो। अब शान्ति सुरक्षा कायम गर्न सरकारले सेना परिचालनको तयारी गरेको छ ।प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ ।
गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो । आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।
प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका थिए ।
Comments
अरु समाचार
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...
-
दुई दिनकी सुत्केरी एसइईमा सहभागी
काठमाडौं । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी भएकी छन् । जिल्लाको...
-
गाजामा इजरायली बम विस्फोट २५ प्यालेस्टिनीको मृत्यु
काठमाडौं । प्यालेस्टिनी स्रोतहरूका अनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु...
-
रुसले युद्धविरामका शर्तहरू उल्लंघन गरेमा बदला लिने जेलेन्स्कीकाे चेतावनी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
-
श्रीलंकाका लागि नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण
काठमाडौं । श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा.पूर्णबहादुर नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रजातान्त्रिक समाजवादी...
-
इजरायलले गाजामा गरेको आक्रमणमा ४१३ को मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली...
-
भारतद्धारा सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि २४ किलो चाँदी हस्तान्तरण
काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको...
-
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।...