ताजा समाचार

बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा उग्र बन्दै, देशभर कर्फ्यू

काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ। आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश लगाएको छ।

आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन्।

आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ। बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन्। थप सहयोग आवश्यक भए दूतावासमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org