ताजा समाचार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री जमकट्टेलले यस्तो निर्णय गरेका हुन् ।आइतबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए। दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्ने,ढकालले बताएका छन्।

जम्कट्टेल २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । नेपाली कङ्ग्रेस र नेकपा एमालेको नयाँ राजनीतिक समीकरणसँगै जम्कट्टेलले राजीनामा दिन लाग्नु भएको लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org