ताजा समाचार

पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक पूर्णरुपमा अबरुद्ध

काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ ।

सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक(दुई घण्टा लाग्ने अनुमान छ । बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org