ताजा समाचार

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त

काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश प्रमुख शर्माले मंगलबारआज बेलुका ५ बजेभित्र बहुमतको सरकार गठनका लागि अस्ति आइतवार आह्वान गर्नुभएको थियो । लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुनुहुन्छ । बाग्मतीमा यसअघि एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेकोमा एमाले र कांग्रेस मिलेपछि उहाँले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्रीसँगै बाग्मतीमा मन्त्रालयको समेत भागबन्डा टुङ्गिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org