ताजा समाचार

बुध ग्रहमा ठूलो मात्रामा हिरा रहेको वैज्ञानिकहरूको ठहर

काठमाडौं । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको रिपोर्टमा यस विषयमा जानकारी दिइएको छ ।

चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक तथा शोधका सह लेखक यानहाओ लिनका अनुसार बुध ग्रहको अत्यधिक उच्च कार्वन सामग्रीले यो ग्रहको सतहमुनि केही खास रहेको रहस्य बताउँछ । उनका अनुसार बुध ग्रहमा एक चुम्बकीय क्षेत्र छ, यद्यपि यो पृथ्वीको तुलनामा निकै कमजोर छ ।

स्मरण रहोस् नासाको मेसेन्जर अन्तरिक्षयानले समेत आफ्नो अध्ययनका क्रममा बुध ग्रहको सतहमा असामान्य रुपले काला क्षेत्रहरु पत्ता लगाएको थियो । त्यसलाई ग्राफाइटको रुपमा पहिचान गरिएको थियो ।

नेचर कम्युनिकेसन्स पत्रिकामा प्रकाशित शोधमा बुध ग्रहको संरचना तथा असामान्य चुम्बकीय क्षेत्रका बारेमा प्रकाश पारिएको छ।वैज्ञानिकहरुका अनुसार ग्रहहरूको निर्माण सम्भवतः निकै तातो लाभाको महासागर चिसिएर बनेको हो । यही प्रकारले अन्य स्थलीय ग्रहहरूको विकास भयो । बुध ग्रह सिलिकेट र कार्बनले भरिएको हुनसक्ने अनुमान वैज्ञानिकहरुको छ ।

ग्रहको बाहिरी पत्र तथा मध्यमण्डलको रुपमा रहेको म्यान्टलको निर्माणचाहिं म्याग्मा पदार्थ क्रिस्टलमा परिणत हुँदा बनेको हो । जबकि धातुहरू यसभित्र पहिले नै जमेर एक केन्द्रीय कोरको निर्माण भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org