ताजा समाचार

जहाज दुर्घटना : इन्जिनको भाग उछिट्टिएर झर्‍यो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज पूरै क्षतिग्रस्त भएको छ। पोखराका लागि उड्ने क्रममा रन वेबाट चिप्लिएको जहाज पूरै क्षतिग्रस्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार जहाजको इन्जिनको भाग रन वे क्षेत्रबाट उछिट्टिएर तल्लो भागमा झरेको छ । यात्रुको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । तर प्रत्यक्षदर्शीहरूका अनुसार जहाज टुक्रा टुक्रा भएको छ । जहाजका धेरै भाग टुक्रिएर छरिएको छ । टुक्रिएका जहाजका पार्टहरूमा आगो लागेको छ ।

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज रनवेमा दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । जहाज टुक्रा टुक्रा भएर आगो लागेको छ । अहिले टुक्रिएको जहाजमा लागेको आगो निभाउने काम भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org