ताजा समाचार

ओली सत्तामा हुँदा उच्च काम, प्रमुख पदमा महिलाको ऐतिहासिक नाम

काठमाडौं । लैंगिक समानताको पक्षमा लड्ने नेताका रुपमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ऐतिहासिक गरिमा झनै बढेको छ । भर्खरै लीलादेवी गड्तौला (२०८१ साउन १०) पहिलो महिला मुख्यसचिवका रुपमा चयन भएपछि राजनेता ओलीको ऐतिहासिक गरिमा झनै बढेको देखिएको हो ।

ओली कार्यकारी प्रमुख हुँदा महिलालाई मुख्य पदमा सिफारिस, समर्थन र नियुक्ति गर्नु भएका मध्येमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । उहाँ २०७२ साल कातिक ११ गते ओलीकै समर्थनमा राष्ट्रपति पदमा नियुक्ति हुनु भएको थियो ।

यस्तै ओलीकै समर्थन तथा प्रयासमा ओनसरी घर्ती २०७२ असोज २९ गते पहिलो महिला सभामुख पदमा चयन हुनु भएको थियो । यस्तै नेपालकै पहिलो प्रधानन्यायाधीशका रुपमा सुशीला कार्की २०७३ असार २७ गते नियुक्त हुनु भएको थियो । पहिलो मुख्यसचिवका रुपमा भर्खरै लीलादेवी गड्तौला नियुक्त हुनु भएको छ ।

देशमा प्रधानमन्त्री धेरै भएका छन् तर ऐतिहासिक काम गर्ने अग्रणी व्यक्तित्वमा राजनेता ओली देखिनु भएको छ । प्रमुख पदमा पहिलो महिला पदाधिकारी नियुक्ति गर्न सिफारिस तथा समर्थन गरेर ओली सच्चा ऐतिहासिक राजनेता दर्ज हुँदै जानु भएको छ । आफू सत्तामा पुगेका बेला भाषणमा मात्रै नभइ व्यवहारमा पनि प्रमुख पदमा महिलालाई स्थान दिन ओलीले लड्नु भएको विभिन्न उदाहरणहरुले देखाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org