वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्रीसमेत रहेका उनले घटनाप्रति खेद तथा निन्दा व्यक्त गरेका हुन् । भट्टराईले भनेका छन्, ‘जनआस्था पत्रिकाका प्रधानसम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की खेदपूर्ण र निन्दनीय छ ।’
लोकतान्त्रिक राज्यमा कानुन हातमा लिने विषय स्वीकार्य नहुने जनाउँदै उनले अगाडि लेखेका छन्, ‘कारबाहीको अधिकार कानूनद्वारा तोकिएको निकायसँग मात्र हुन्छ । राजनीतिक दलको परिचय दिएर अभद्र व्यवहार गर्नु झन् निन्दनीय विषय हो ।’
आफूलाई विप्लव समूहको विद्यार्थी संगठन अखिल (समाजवादी) को केन्द्रीय सचिव भन्ने कपिल सि नामक एक व्यक्तिले गत मंगलबार आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई फोनबाट पटक-पटक ज्यान मार्ने धम्की दिएका थिए । सोही दिन दिउँसो सानेपास्थित जनआस्था कार्यालयमा पेस्तोलधारी समूह पठाएर आतंकित पार्ने काम गरिएको थियो ।
नेपाल पत्रकार महासंघ,प्रेस सेन्टर नेपाल,मिडिया एक्सन नेपाललगायतका सरोकारवाला निकायले पनि सो घटनाको निन्दा र भर्त्सना गरेका छन् ।
Comments
अरु समाचार
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको...
-
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
काठमाडौं । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन्। हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच...
-
कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
काठमाडौं । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा...
-
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण
काठमाडौं । बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी...
-
विपद्पछिको पुनः निर्माणको काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका...
-
आज कोजाग्रत पूर्णिमा, दशैंको समापन गरिँदै
काडमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम...