बागमती प्रदेश सरकारले पायो पूर्णता: को को बने मन्त्री ?
काठमाडौं। मन्त्रालय संख्या थपेसँगै अन्ततः बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।
मुख्यमन्त्री बहादुर सिंह लामाले काँग्रेसका तर्फबाट थप ४ जना मन्त्री नियुक्त गरेपछि शनिबारबाट प्रदेश सरकारकाले पूर्णता पाएको हो । साउन ९ गते बुधवार मुख्यमन्त्री लामासँगै एमालेका ६ र काँग्रेसका ३ जना मन्त्रीले सपथ ग्रहण गरेका थिए । शनिबार काँग्रेसका तर्फबाट थप ४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले काँग्रेसका तर्फबाट हरि प्रभा खड्गी, मिनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई सपथ गराएका हुन् । खड्गीले सामाजिक विकास मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ठकुरीले पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यसअघि विना विभागीय मन्त्री बनेका श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ, कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । ९ गते नै मन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठको भने अझै जिम्मेवारी तोकिएको छैन । अब बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ बाट १४ पुगेको छ ।
बागमती प्रदेशमा काँग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् । आन्तरिक भागबण्डा नमिलेका कारण यस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अन्यौलता रहँदै आएको थियो । १० गते मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि अन्तिम समयमा सपथ ग्रहण कार्यक्रम नै रोकिएको थियो ।
मुख्यमन्त्री सहित मन्त्री नामावली यसप्रकार छ ।
Comments
अरु समाचार
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...












