ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)

नेपाल साहित्यको उर्बर भूमी : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार एवम् एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका नेत्रप्रसाद गौतमका ६ वटा कृति समेटिएका तीनवटा पुस्तकको शनिबार विमोचन गर्दै ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको जनाए ।

नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत–संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले अहिले साहित्यमाथि केही प्रश्न उठ्न खोजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य’,’मेरो इतिवृत्ति’ र ‘भूत पिसाच’ कृतिहरूको विमोचन गरे ।  एमाले नेता अमृत बोहोराको अध्यतामा भएको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष प्रदीप ज्ञवालीलगायतले अग्रज एमाले नेता एवं साहित्यकार गौतमका कृति नेपालीका लागि प्रेरणादायी र मनोरञ्जनको श्रोत भएको जनाए । नेपालमा केही भएको छैन भन्नेहरुलाई पुस्तक अध्ययन गरेर ज्ञान हासिल गर्न आग्रह गरे ।

साहित्यकार गौतम एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका पिता हुन् । विमोचन कार्यक्रममा एमाले नेता कार्यकर्ता, साहित्यकार, प्राध्यापक, पत्रकार, विद्यार्थीलगायतको उपस्थिति थियो । साथै उक्त कार्यक्रममा एमाले संखुवासभा जिल्ला कमिटीको तर्फबाट अध्यक्ष खड्ग राईले १४ बुँदे मागपत्र पेस गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org