ताजा समाचार

माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडा कोटेश्वरमा बस्नेछ ।

शुक्रबारदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । बैठकमा उठेका प्रश्नहरुको आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

यस्तै, बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ । अध्यक्ष प्रचण्डले जवाफ दिएपछि पदाधिकारी बैठक आजै समापन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org