ताजा समाचार

प्रतिनिधि सभाको बैठक एक घण्टा ढिला

काठमाडौं । प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलाइ भएको छ । मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक दुई बजे मात्रै सुरु हुन सक्यो ।

‘मन्त्री बिना प्रतिनिधि सभाको बैठक बस्नन सक्दैिन । कुर्दाकुर्दै एक घण्टा ढिलो भयो’, संघीय संसद सचिवालयका एक अधिकारीले भने । प्रतिनिधि सभा नियमावलीले सभाको बैठक बस्नका लागि मन्त्रीको उपस्थिति अनिवार्य गरेको छ ।

‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्नेछ’, प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ मा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org