ताजा समाचार

डोनेट्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी

मस्काे । सी सेनाले मङ्लबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी गरेको छ । रूसको रक्षा मन्त्रालयले टोरेट्स्कको बाहिरी इलाकामा रहेको पिभ्डेन गाउँलाई नियन्त्रणमा लिएको जनाएको हो ।

युक्रेनी सरकारका अनुसार सन् २०२२ मा रूसले सैन्य आक्रमण सुरु गर्नुअघि यस गाउँको जनसङ्ख्या करिब एक हजार ४०० रहेको थियो । रूसले पूर्ण रूपमा नियन्त्रण नगरेता पनि सन् २०२२ मा डोनेट्स्कसहित पूर्वी र दक्षिणी युक्रेनका अन्य तीन क्षेत्र कब्जा गरेको जनाएको थियो ।

कुनै समय लगभग ३० हजार मानिसहरूको बसोबास रहेको टोरेट्स्क सहर हाल रूसी सेनाको निशानामा रहेको छ । पिभ्डेन गाउँ टोरेट्स्क सहरबाट करिब छ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org