पार्टी बैठक सरकारी निवासमा राख्दिनँ : प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन्। बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी गराएका हुन्। फेसबुक पोस्टमा उनले भनेका छन्, ‘‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।’
एमालेको सचिवालय बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले पार्टी कार्यालय मनोहरा खोलामा आएको बाढीले डुबानमा परेकाले बैठक अन्यत्र बस्न लागेकोसमेत जानकारी गराएका छन्। ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ’, उनले थप भनेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक हनुमानथानस्थित बसेरा होटलमा बिहान ११ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल...
-
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था...
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...