ताजा समाचार

एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण आज

काठमाडौं । नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण आज हुने भएको छ। गत साउन १७ गतेको पार्टी सचिवालय बैठकबाट मनोनीत भएका सबैको शपथग्रहण आज हुने भएको हो ।

उक्त सचिवालयको बैठकले पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य गरि २० जनालाई मनोनयन गरेको थियो ।मनोनित सबैलाई आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराउने कार्यक्रम रहेको छ।

उक्त सचिवालयको बैठकले बैठकले एमाले उपाध्यक्ष पदमा भने गुरु बराललाई मनोनयन गरेको छ।

केन्द्रीय सदस्यहरुमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) , जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला) रहेका छन्।

त्यस्तै हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल – (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ), आशा जवेगु (पाँचथर( रहेका छन्।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको एमाले स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org