सुशासन र समृद्धिका लागि वर्तमान सरकार : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताएकी छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले जनतामा आशा जगाउने लक्ष्यका साथ ठूला दुई दल मिलेर सरकार बनेको बताइन् ।
मन्त्री भट्टराईले वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छुट नभएको र कानुनी अड्चनलाई आवश्यकता अनुसार परिमार्जन गरेर अघि बढ्ने विश्वास व्यक्त गरिन्। रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता हो भन्दै उनले बढ्दो युवा पलायनलाई रोक्न पनि सबै मिलेर काम गर्नुपर्ने बताए । मन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल भइरहेको जानकारी दिँदै यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखिन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले उद्योगी–व्यवसायीहरूले संस्थागत हक अधिकारको सुनिश्चिततासहित उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
संस्थाका अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री लगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिले उद्योग–व्यवसायको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गरेका थिए।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सद्वारा प्रकाशित ‘पोखरा चेम्बर दर्पण’ को लोकार्पण गर्नुका साथै संस्थागत विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
भैरहवा विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारसम्बन्धी छानबिन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद...
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
सशस्त्र प्रहरीका असई छत्यालले चढे सगरमाथा
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४...
-
वाम एकताबारे प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा, के भने ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन' भनेका छन् । सही...
-
सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं...
-
माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा...
-
आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित हुने
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २...