ताजा समाचार

आजसम्ममा अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिलाई विपक्षीको आग्रह

काठमाडौं । बङ्गलादेशको प्रमुख विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले मङ्गलवार दिउँसो २ बजेसम्म अन्तरिम सरकार गठन नभए देशमा राजनीतिक शून्यताको अवस्था उत्पन्न हुने बताएको छ।

बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले मङ्गलवार ढाकामा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपतिले तत्काल अन्तरिम सरकार गनठन नगरे मुलुकमा राजनीतिक शून्यताको अवस्था उत्पन्न हुने बताए। उनले सरकार गठनका लागि बीएनपीको तर्फबाट कसैको नाम प्रस्ताव नगरिएको भन्दै राष्ट्रपतिको तर्फबाट माग भइ आएमा नाम पठाउने पनि बताए।

उनले विद्यार्थी सङ्गठनले नोवेल पुरस्कार प्राप्त मुहम्मद युनुसको नाम प्रस्तावमा कुनै आशङ्का नरहेको भन्दै तीन महिना भित्र चुनाव गराएर सत्ता सुम्पिन पनि आग्रह गरे।आलमगीरले बदला भावले देशका विभिन्न संस्थान र केन्द्रमा भइरहेको लुटपाटलाई तत्काल रोक्नका लागि पनि आग्रह गरे।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org