ताजा समाचार

राज्य व्यवस्था समितिको बैठकमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओली पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित हुने भएका छन् ।

मंगलबार दिउँसो २ बजे बस्न लागेको उक्त बैठकमा प्रधानमन्त्री ओली आउने जानकारी समितिका सभापति रामहरि खतिवडाले दिएका छन् । गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पहिलो पटक संसदीय समितिमा उपस्थित हुन लागेका हुन् ।

यसअघि गत साउन १६ गतेको बैठकमा पनि ओलीलाई आमन्त्रण गरिएको थियो । तर ओलीले त्यसबेला आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org