किताव जात्रामा चिनियाँ चर्चित लेखकका किताव
काठमाडैं । किताब जात्रा २०८१ को छैटौं संस्करण श्रावण १८ र १९ गते काठमाण्डौको सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा आयोजना भएको हो ।
किताब जात्रा महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल भएको र विभिन्न किताबका स्टलहरुसँगै कलाका अन्य स्टलहरु पनि भएकाले यो महोत्सवले धेरै मानिसहरुलाई मन्त्रमुग्ध बनाएको छ ।
विगतका वर्षहरुमा विशेषगरि नेपालका किताब तथा कलाका स्टलहरु हुने गर्दथ्यो । तर यसवर्ष भने अर्को एउटा आकर्षक स्टल पनि देखिएको छ । जसमा चिनियाँ उत्कृष्ट लेखक स्वेमोद्वारा लिखित किताब मात्रै रहेको देखिन्छ । स्वेमो एक लेखक मात्र नभई चिनियाँ ताओ धर्म तथा बौद्द धर्मका ज्ञाता एवम् सांस्कृतिक विद्वान समेत हुन् । उनका कृतिहरूमा विशेषगरि धर्म, अध्यात्म तथा मानव जीवनका गहिरा मुद्दाहरुको स्वाद तथा आभास पाईन्छ, जसका कारण उनका कृतिहरूले थुप्रै पाठकहरुलाई मन्त्रमुग्ध बनाएको पाईन्छ।
यसपालि यस स्टलमा विशेषगरि उनका दुईवटा नेपाली भाषामा अनुवादित किताबहरु, अङ्ग्रेजी भाषामा अनुवादित किताबहरु तथा चिनियाँ भाषामा लिखित करिब एकसय भन्दा बढी किताबहरु रहेको थियो । जसमध्ये महोत्सवका क्रममा यस स्टलमा आउने पाठकहरुलाई निकै प्रभावित तुल्याउन सफल किताबहरुमा नेपाली प्रसिद्द लेखक मल्ल के सुन्दरद्वारा अनुवादित “सिनचियाङ बुढो”, अरनिको समाजका अध्यक्ष एवम् प्रसिद्ध चिनियाँ भाषाविद् डा. सर्वोत्तम श्रेष्ठद्वारा अनुवादित “समीपमा प्रेम” तथा J.C.Cleary द्वारा अङ्ग्रेजी भाषामा अनुवादित “The World is Reflection of the Mind” रहेका थिए ।

स्टलमा आउने सबै पाठकहरुलाई स्वेमोका कृतिहरुका बारे परिचय गराउँदै रहेकी स्वेमोका शिष्य कुच्रिछाओ भन्नुहुन्छ: चिन र नेपालबिच हजारौँ वर्षदेखि सुमधुर मित्रता कायम हुँदै आएको छ, त्यसैले यस्तै साना प्रयासको माध्यमहरुबाट चिन-नेपालका सबै मानिसहरुबिच एक-अर्काको साहित्य, संस्कृति तथा रहनसहनबारे ज्ञान होस्, सबैले केही नयाँ कुराहरु सिक्ने मौका पाउन् र एक-अर्काबिच मनका भावहरु मनदेखि नै साटासाट होस् भन्ने हाम्रो उद्देश्य हो ।
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको आपत्ति !
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एमाले महाधिवेशनः उद्घाटन स्थलमा उच्च सुरक्षा सतर्कता,बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।...
-
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्ताे छ भव्य तयारी !
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आजदेखि सुरु हुँदै छ । एमाले प्रचार तथा प्रकाशन...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...












