ताजा समाचार

आजको राशिफल: २०८१ भाद्र २ गते आइतवार

मेषः चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । छटपटी बढ्नाले मन पनि कमजोर रहला । वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ ।

सिंह: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर मानसिक चिन्ता भने बढ्नेछ ।

तुला: विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । दैनिकी विस्तारै सहज होला ।

धनु: आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ: आज आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजग रहनु होला, साँझमा भने मन प्रसन्न ।

वृष :आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ ।

कर्कट: आज आँटेको कार्य अगाडि बढ्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा भने सफलता नमिल्ला ।

कन्या : गरेको कार्यमा बाधा आउनेछ । धूम्रपान र मद्यपानबाट टाढै रहनु होला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

बृश्चिक: राजनीतिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चल्नेछ । परिकारहरू खान पाइनेछ ।

मकर : न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मीन: सामाजिक हितको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्नेछ । आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org