ताजा समाचार

संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दै

काठमाडौं . संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्याका सम्बन्ध र नेपालमा ईआएए/आईईई लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org