संवैधानिक निकायको नियमावली बनाउँदा कानून मन्त्रालयको सहमति अनिवार्य गर्न सुझाव
काठमाडौं । विज्ञहरूले संवैधानिक निकायको नियमावली बनाउँदा कानून मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न सुझाव दिएका छन् । सिंहदरबारमा आइतबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनीहरूले नियमावली बनाउने विषयलाई गम्भीरताका साथ छलफल गर्न समेत सुझाव दिएका छन् ।
बैठकमा कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेलले परम्परागत रूपमा नै संवैधानिक आयोगले बनाउने नियमावलीमा कानून मन्त्रालयले सहमति दिनुपर्ने सुझाव दिए । नियमावलीका कारण नागरिकको हक अधिकार प्रभावित हुन सक्ने भएकाले यसमा गम्भीर रूपमा छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले जारी गर्ने अध्यादेश बाहेक अन्य निकायको नियमावली स्वीकृत मन्त्रीपरिषद्ले गर्नुपर्ने प्रावधानलाई पनि पुनर्विचार गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले नियमावलीहरू आफ्नो अनुकूल बनाउन पटके तवरले परिवर्तन गर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए । उनले नियमावली बनाउँदा वा परिवर्तन गर्दा माथिल्लो निकायसँगको सहमति आवश्यक नपर्ने व्यवस्थाले सम्बन्धित संस्थालाई नै धराशायी बनाउन सक्ने धारणा राखे ।
कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो ।
Comments
अरु समाचार
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...












