मनसुनी वायु अझै सक्रिय, दुई दिन ठूलो वर्षा हुने
काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ । देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार लगातार वर्षा नभएपनि २–४ घण्टाको फरकमा पानी रोकिँदै फेरि पर्दै गर्नेछ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै नवलपुरको डण्डामा १ सय १० मिलिमिटर वर्षा मापन भएको छ । त्यस क्षेत्रमा पर्ने नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन विद्यार्थीको सनाखत
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको...
-
खानेपानीको पाइप फुट्दा बबरमहलमा बाढी, डुबानमा सरकारी कार्यालय
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले...
-
मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले निजी मेडिकल कलेजमा...
-
कोशीटप्पुमा चराको सङ्ख्या बढ्यो, ७६ प्रजाति
मोरङ। कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा...
-
सरकारले फागुनमा देशव्यापी नसर्ने रोग परीक्षण गर्ने,१ करोडलाई समेट्ने लक्ष्य
काठमाडौं । देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा...
-
आज विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले बुधबार एकै दिन...
-
क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
काठमाडौं । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ । विभागका अनुसार धेरै...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
एक महिना लामो स्वस्थानी व्रत समापन हुँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक...