ताजा समाचार

रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पुनः एक पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यसअघि सचिवालय बैठकले पनि उनलाई एक पटक स्पष्टीकरण सोध्ने भनेको थियो ।

रास्वपा प्रवक्ता मनिस झाले भने, ‘२४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । आज अनुशासन आयोगको प्रतिवेदन पनि सुनियो सबैको राय अनुसार यो निर्णय भएको हो ।’ पछिल्लो समय रास्वपामा पूर्व महामन्त्री मुकुलले सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्ट जनाउँदै आएका छन् । ढकाल पहिला रवि निकट व्यक्ति हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org