धरानबाट १४२० किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले ठूलो परिमाणमा धरानबाट गाँजा बरामद गरेको छ । धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो । बिहीबार धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको बेला गाँजा बरामद गरेको हो । तयारी अवस्थाका गाँजा सहित प्रहरीले मोरङको सुन्दर हरैँचा–७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ बस्ने ४१ वर्षीय भूपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।
धरान र धनकुटाको सीमानामा पर्ने भेडेटार चेक पोस्ट समेत पार गरेर धरान तिर ठूलो परिमाणमा गाँजा ल्याइरहेको सूचना थाहा पाएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोलीले सारंगा मोडमा को १ ख ४७३३ नम्बरको ट्रक रोकेका थिए । रोकिएको ट्रकमा खानतलासी गर्दा सागसब्जी फलफूल तरकारी तथा मुलाका केही बोराले छोपिएको अवस्थामा ४४ सेता बोरामा गाँजा बरामद गरिएको थियो । बरामद गाँजा हालसम्मको ठुलो परिमाण भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशमा सबैभन्दा बढी गाँजा खेती धनकुटाको शहीदभूमि गाउँपालिकामा हुने गरेको छ । त्यहाँ तयार पारिएको गाँजा नेपालमा खपत नभई भारतीय बजारमा तस्करी हुने गरेको छ ।
Comments
अरु समाचार
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
ठूला प्रकरणमा होमिएपछि चुलिदै अख्तियार प्रमुख राईको चर्चा
काठमाडाैं । भ्रष्टाचार प्ररकणमा साहसिक कदम चाल्न कस्सिएका अख्तियार प्रमुख प्रेम राईको प्रसंसा शुरु भएको छ । प्रमुख राईले अख्तियार...
-
मुद्दा माधवविरुद्धः आक्रोश प्रचण्डदेखि राजेन्द्र र प्रकाश ज्वालासम्म किन ?
काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कोलाहाल मच्चिन थालेको छ । संवैधानिक निकायले आफ्नो...
-
विचाैलिया प्रभावमा स्वास्थ्य विभागः आर्थिक अपचलनमा छलाङ !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले रोचक किस्सामा अलमलिदै अनाधिकृत भुक्तानीका चाङ थप्न थालेको आरोप लागेको छ । कानूनसम्मत भन्दै विभागले...
-
दाहसंस्कार गर्न ठिक्क पारिएको बालिकाको शव प्रहरी नियन्त्रणमा बुवा, काका र काकी पक्राउ
काठमाडौं । संखुवासभामा दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भोटखोला गाउँपालिका–४...
-
मन्त्रीको पाँच तले पक्कि घरको झ्याल फोडेर चोरी
काठमाडौं । नेपाल सरकारको संघीय पर्यटन राज्यमन्त्री को घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिका–४ स्थित पर्यटन राज्यमन्त्री अरुणकुमार...
-
गोली हानेर अमेकिकामा दुई इजरायलीको हत्या !
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ। स्रोतले बीबीसीको भगिनी च्यानल सीबीएसलाई...
-
घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।...
-
लागू औषध ब्राउन सुगरसहित चारजना पक्राउ !
काठमाडौं । प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले...