ताजा समाचार

विराटनगरमा भव्य रथयात्रा निकालियो, हजारौंको सहभागिता

विराटनगर । विराटनगरमा ऐतिहासिक रथयात्रा निकालिएको छ । मंगलबार चार बजे राधाकृष्णको रथयात्रा निकालिएको हो ।श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा विराटनगरसहित आसपासको शहर साथै भारतको बिहार राज्यबाट समेत हजारौँ सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

राधाकृष्णको युगल जोडीसहितको ९३ औँ संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन भएको छ।  राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको हो ।

विगतभन्दा फरक र अझ भव्य रूपमा रथयात्रा निकालिएको थियो । भक्तजनहरूलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपास मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्र भागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा (डोरी) रहेका थिए। ती डोरी तान्न भक्तजनहरूको तँछाडमछाड हुने गरेको छ । ५ लाख तिर्थालु रथ तान्न आएको अनुमान रहेको राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org