ताजा समाचार

प्रधानन्यायाधीश श्रेष्ठ इजलाशमा बस्न छाडे

काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले आज भदौ १७ गतेबाट इजलाशमा बसेर मुद्दा हेर्न छाडेका छन्। भोली भदौ १८ गतेबाट उनले विधिवत रूपमा इजलाशमा नबस्ने स्रोतले बताएको छ। तर पुराना मुद्दाको विस्तृत फैसला लेख्ने र निर्णय सुनाउने कार्य भने गर्ने भएका छन्।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले अनिवार्य अवकास हुनुभन्दा एक महिना अगाडिबाट घर विदामा बसेर कामु प्रधानन्यायाधीशलाई जिम्मेवारी दिदै पुराना फैसलामा निर्णय लेख्ने,निर्णय सुनाउने र हस्ताक्षर गर्ने प्रचलन रहिआएको छ।

प्रधानन्यायाधीश श्रेष्ठ आगामी २०८१ असोज २० गतेबाट ६५ वर्ष पूरा भएर अनिवार्य अवकासमा जादैछन। त्यही भएर उनले भोली भदौ १८ गतेबाट विदामा बस्ने भएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठले अवकास पाएपछि वरिष्ठ न्यायाधीश प्रकाश बहादुर सिंह राउत भावी प्रधानन्यायाधीश हुने र न्यायाधीश सपना प्रधान वरिष्ठ न्यायाधीश बन्ने सर्वोच्च अदालत निकट स्रोतले बताएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org