ताजा समाचार

असोज ५ गते प्रधानमन्त्री ओली अमेरिका जाने

काठमाडौं । आगामी असोज पाँच गते प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल असोज ५ गते अमेरिकाको न्युयोर्क जान लागेको हो।

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत भ्रमण टोलिमा रहनेछन्। महासभा भदौ २५ गतेदेखि असोज १२ गतेसम्म चल्नेछ।

ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओली पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन्।  प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org