जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा
काठमाडौं । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको हो।
गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ ।
स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय जना छन् । उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नौ सय ५० र माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन्।
बाल विकासतर्फ सामान्य साक्षरको सङ्ख्या चार सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ ।
हिमाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त भएको छ । शिक्षा क्षेत्रलाई अझै विशेष प्राथमिकतामा राखेर काम गर्ने अति आवश्यक रहेको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले जानकारी दिए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। हिमाले हरेक वर्ष ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए।
Comments
अरु समाचार
-
१४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद आजदेखि
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु हुँदैछ । विद्यालय तहका...
-
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि अभिभावकलाई पनि शिक्षित बनाउँदै ‘एभरेस्ट स्कुल विराटनगर’ !
काठमाडौं । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति...
-
‘निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्छ’ : सुमना श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन् । आईतबार...
-
हुम्ला ६७ औ साक्षर जिल्ला घोषणा !
काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्ला साक्षर घोषणा भएको छ । ‘साक्षरता हाम्रो गौरव,साक्षर जिल्ला हाम्रो उपब्धी’ नाराका साथ नेपालको...
-
एक्सपर्ट एजुकेशनको चौथो शाखा बानेश्वरमा उद्घाटन
काठमाडौं । नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्न सहजीकरण गर्ने तथा विदेशका शैक्षिक प्रतिष्ठानसँग समन्वय गराउने काममा सक्रिय रहेको एक्सपर्ट...
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ नेताविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको...
-
‘कक्षा १२ को प्रश्नपत्र बाहिरिएको भन्ने सूचना भ्रामक र गलत हो’
काठमाडौं । आजदेखि सुरुभएको कक्षा १२ को वार्षिक परक्षाको प्रश्नपत्र बाहिरिएको भन्ने सूचना भ्रामक र गलत भएको भन्दै राष्ट्रिय परीक्षा...
-
शिक्षकमाथि खुँडा प्रहार गर्ने विद्यार्थी पक्राउ
काठमाडौं । शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख १९ गते बिहान करिब...
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया हजुरआमा पनि सहभागि
काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा...