ताजा समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ७ सय ६५ मा कारोबार भएको चाँदी शुक्रबार १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org