ताजा समाचार

केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

काठमाडौं । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा शुक्रबार राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।

केन्या प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगो लागेको थियो ।

‘‘घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ’’, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भने । प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । उनका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । ‘‘घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना ’’, उनले भने । आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org