ताजा समाचार

सेयर बजार परिसूचकमा २५.४६ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा २५.४६ अंकको गिरावट देखिएको छ । आज परिसूचक २५.४६ अंकले घटेर २,७०१ को बिन्दुमा झरेको हो ।

आइतबार ८५ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ । आज कारोबार रकममा भने सामान्य अंकले वृद्धि हुँदै १० अर्ब १२ करोडको कारोबार भएको छ।

बिहीबार ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। तीजपछि आइतबार खुलेको कारोबारमा माइक्रोफाइनान्स समूहमा १.२१ र उत्पादन समूहमा ०.५० प्रतिशतले वृद्धि हुँदा बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशतले घटेका छन्।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। माहुली लघुवित्त, सृजनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org