ताजा समाचार

आफन्तलाई थाहै नदिई शव पुर्‍याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै

काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।

दाङ, घोराही उपमहानगरपालिका-८ देउपुर घर भई पालुङटार नगरपालिका-५ बेलटार स्थित जित बहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आएकी ५० वर्षीय कल्पना बुढा मगरको सोमबार मृत्यु भएको थियो ।

आइतबार एक्कासी बिरामी भएकी मगरलाई उपचारका लागि तनहुँको तुरतुरे स्थित गोरखा पोलिक्लिनिक सामुदायिक अस्पताल पुयाइएको थियो । आइतबार नै अस्पतालबाट डिस्चार्ज भएर कोठामा फर्किएकी बुडा मगरको सोमबार बिहान मृत्यु भएको थियो ।

बेजिल्ला घर भई गोरखामा मृत्यु भएपछि आफन्त र प्रहरीलाई खबर नगरी घाटमा लगेको थाहा पाए लगतै प्रहरी घाटमा पुगेको थियो । मृतकको आफन्तलाई खबर गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org