ताजा समाचार

सुनको मूल्यले नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।

मंगलबार प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार को तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org