ताजा समाचार

एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ ।

चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो ।

हारसँगै समूह ‘बी’ मा रहेको नेपालको छनोट सम्भावना कमजोर बनेको छ । नेपालले तीन खेलबाट तीन अङ्क बनाएको छ । नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो । नेपालले अब समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org